काठमाडौं। Turkey को SOLID Aero नामक डिफेन्स प्रविधि कम्पनीले समुद्र सतह नजिक उड्न सक्ने अत्याधुनिक ‘TALAY’ ड्रोन सार्वजनिक गरेको छ।
यो ड्रोन समुद्र सतहबाट अत्यन्तै नजिक “ground effect” प्रयोग गरेर उड्ने भएकाले रेडारमा देखिन गाह्रो हुन्छ। ‘विश्वकै पहिलो’ समुद्री सतह स्किमिङ र बहुउद्देश्यीय UAV (अमानवीय हवाई यान) को दाबी गरिएको यो ड्रोनले गस्ती, आक्रमण र मालसामान ढुवानी तीनै प्रकारका मिशन एउटै संरचनाबाट सञ्चालन गर्न सक्ने क्षमता देखाएको छ। यो विशेषताले यसलाई सैनिक दृष्टिकोणबाट निकै महत्वपूर्ण बनाएको छ।
‘TALAY’ ड्रोनले लगभग ३० किलो पेलोड बोक्न सक्ने र करिब १२४ माइल (२०० किलोमिटर) टाढासम्म उड्ने क्षमता राखेको बताइएको छ। यो ड्रोनमा लिथियम–पोलिमर ब्याट्रीबाट सञ्चालित विद्युत् इञ्जिन प्रयोग गरिएको छ जस कारण यसले शान्त र गुप्त उडान भर्ने क्षमता राख्दछ। यसमा एआई आधारित नेभिगेसन प्रणाली छ जसले यसलाई स्वचालित रूपमा वा मानव नियन्त्रित मोडमा सञ्चालन गर्न सकिन्छ।
यस ड्रोनले मध्यम समुद्री अवस्थाहरू (Sea State 3) मा पनि स्थिर रूपमा उडान भर्न सक्छ। यसको पंख फोल्ड गर्न सकिने डिजाइनको भएकाले यातायातमा सजिलो बनाएको छ। साना हतियार वा क्यामेरा बोक्न सक्ने यो ड्रोनलाई सशस्त्र समूहको रूपमा प्रयोग गर्न सकिन्छ। यसले ठूलो समुद्री जहाजमा समेत खतरा उत्पन्न गर्न सक्ने सम्भावना देखाएको छ।
यस ड्रोनको पहिलो प्रदर्शन २०२४ मा SAHA Expo मा भएको थियो भने हालै IDEF २०२५ मा यसले औपचारिक रूपमा उपस्थिती जनाएको छ। यो नयाँ प्रविधि आधुनिक समुद्री युद्ध र सुरक्षा रणनीतिमा नयाँ अध्याय थप्न सक्ने विश्वास गरिएको छ।