Writy.
शनिवार, अगस्ट 2, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना, आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    Tech MaKura by Tech MaKura
    अगस्ट 2, 2025
    in इभी
    0
    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना,  आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौं । अमेरिकाको फ्लोरिडा स्थित  एक संघीय ज्यूरीले टेस्लालाई सन् २०१९ मा भएको घातक दुर्घटनाका लागि आंशिक रूपमा दोषी ठहर गर्दै २४३ मिलियन डलर (अन्दाजी ३२ अर्ब नेपाली रुपैयाँ) जरिवाना तिर्न आदेश दिएको छ। यो घटना टेस्लाको अटोपायलट प्रणाली संलग्न भएको एक प्रमुख मृत्यु प्रकरण हो, जसमा कम्पनीले पहिलोपटक ठूलो कानुनी हार बेहोरेको हो। यो फैसला पछि अन्य पीडितहरूले पनि मुद्दा दायर गर्ने सम्भावना समेत बढेको छ।

    अप्रिल २५, २०१९ मा जर्ज म्याकगी नामक एक चालकले आफ्नो टेस्ला मोडल S गाडी अटोपायलट मोडमा राखेर चलाइरहेका थिए। गाडी करिब १०० किलोमिटर प्रतिघण्टा को गतिमा रहेको बेला उनले भुइँमा खसिएको मोबाइल फोन टिप्न तल हेरे।

    त्यो समयमा गाडीले स्टप साइन र ट्राफिक लाइट उल्लंघन गर्दै एक आर्को गाडीलाई ठक्करा दिएको थियो । उक्त दुर्घटनामा परी २२ वर्षीया नाइबेल बेनाभिडेस लियोनको घटनास्थलमै मृत्यु भएको थियो भने उनका प्रेमी डिलन आङ्गुलो गम्भीर घाइते भएका थिए । उक्त दुर्घटनामा  अदालतले टेस्लालाई आंशिक दोषी ठहर गर्दै क्षतिपुर्ती तिर्न आदेश दिएको  हो ।  केवल हाइवेका लागि डिजाइन गरिएको अटोपायलट  प्रणालीलाई टेस्लाले सहरका सडकहरूमा प्रयोग गर्नबाट प्रयोगकर्तालाई नरोकेकोमा टेस्लालाई आंशिक दोषी  ठहर  गरिएको हो ।  

    जसअनुसार टेस्लाले कुल जरिवानाको ३३ प्रतिशत अर्थात  ४२.६ मिलियन डलर र  दण्डात्मक जरिवाना  स्वरुप  २०० मिलियन डलर गरेर कुल करिब २४३ मिलियन डलर  जरिवाना तिर्नु पर्ने भएको हो । दुर्घटनामा चालक जर्ज म्याकगी ६७% जिम्मेवार ठहरिए पनि  मुद्दामा उनलाई प्रतिवादी नबनाइएको हुनाले उनले भने कुनै रकम तिर्नु पर्ने छैन ।    

    टेस्लाले यो फैसलासँग कडा असहमति जनाउँदै अपील गर्ने जनाएको छ। 

    “यो फैसला गलत छ। यसले सवारी सुरक्षामा सुधार ल्याउने र स्वचालित ड्राइभिङ प्रविधि विकास गर्ने प्रयासलाई पछाडि धकेल्छ। दुर्घटना चालकको ध्यान नहुनुका कारण मात्रै भएको हो। त्यतिबेला होस् या अहिले, कुनै पनि गाडीले यो दुर्घटना रोक्न सक्दैनथ्यो।” टेस्लाको भनाइ  रहेको छ ।  

    अदालतको  यो फैसलासँगै टेस्लाको सेयर मूल्यमा १.८% ले गिरावट समेत देखिएको छ  भने विज्ञहरुका  अनुसार यसले  थप पीडितहरूलाई अगाडि आउन हौसला दिन सक्ने  र भविष्यमा टेस्लाका लागि कानुनी जोखिम झन् बढ्न सक्ने सम्भावना देखिएको छ ।  यस्तै  इलन मस्कको रोबोट्याक्सी र स्वचालित ड्राइभिङ प्रविधि सुरु गर्ने योजनामा पनि यस फैसालाले नकारात्मक असर पार्न सक्ने बताइएको छ । जसलाई टेस्लाको दीर्घकालीन रणनीतिको  रुपमा हेरिदै आइएको छ ।  

    Related Stories

    EV pickup van

    नेपाली बजारमा उपलब्ध ७ इभी पिकअप भ्यान, यस्तो छ मुल्य देखि क्षमता सम्मको ज्ञान !

    by Tech MaKura
    अगस्ट 1, 2025
    0

    यस्ता सवारीहरू खासगरी सामान ढुवानी, निर्माण सामग्रीको ढुवानी, डेलिभरी र ग्रामीण यातायातका लागि उपयुक्त छन्।

    डीपलको कम्प्याक्ट एसयुभी एस०५ नेपालमा , के- के छन्, विशेषता कति पर्छ मुल्य ?

    डीपलको कम्प्याक्ट एसयुभी एस०५ नेपालमा , के- के छन्, विशेषता कति पर्छ मुल्य ?

    by Tech MaKura
    जुलाई 31, 2025
    0

    काठमाडौं, साउन १५। चिनियाँ अटो निर्माता चांगनको विद्युतीय सवारी ब्रान्ड ‘डीपल’ (Deepal) को नयाँ कम्प्याक्ट एसयूभी S05 नेपाली बजारमा भित्रिएको...

    BYD Sealion 7 नेपाली बजारमा के के छन्, विशेषता  कति पर्छ मुल्य ? 

    BYD Sealion 7 नेपाली बजारमा के के छन्, विशेषता  कति पर्छ मुल्य ? 

    by Tech MaKura
    जुलाई 27, 2025
    0

    BYD Sealion 7 Cimex मार्फत नेपालमा भित्र्याइएको छैटौं मोडेल हो। 

    एलन मस्कको टेस्लाको ओरालो गति , नयाँ रणनितिले घटाउला त क्षति ?

    एलन मस्कको टेस्लाको ओरालो गति , नयाँ रणनितिले घटाउला त क्षति ?

    by Tech MaKura
    जुलाई 25, 2025
    0

    पछिल्लो एक दशकमा टेस्लाले व्यहोरेको यो सबै भन्दा ठुलो आर्थिक  नोक्सानी हो ।

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    car

    स्ट्यानफर्डका अनुसन्धानकर्ताको नयाँ खुलासा, यसो गरेमा बढ्छ EV ब्याट्री को ३८ प्रतिशत क्षमता !

    2 हप्ता ago
    chrome ai review

    Chrome मा थप्यो गुगलले नयाँ फिचर , अनलाइन स्टोरको एआइ रिभ्यु हेर्न पाइने 

    4 दिन ago

    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना, आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना,  आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    टेस्लाले कुल जरिवानाको ३३ प्रतिशत अर्थात  ४२.६ मिलियन डलर र  दण्डात्मक जरिवाना  स्वरुप  २०० मिलियन डलर गरेर कुल करिब २४३...

    Read moreDetails

    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    प्रोग्रामरहरू भन्छन् - "यसले हाम्रो काम गर्ने तरिका नै बदल्यो।" स्टार्टअपहरू भन्छन् - "यसले हाम्रो विकासको गति दोब्बर बनायो।"

    Read moreDetails

    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    by Deepak Poudel
    अगस्ट 1, 2025
    1
    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    नढाटी भन्नु पर्दा मैले हृदयेन्द्रको भ्लग भन्दा प्राविधिक रुपमा सशक्त भ्लगहरु अरु पनि देखेको छु । तर पनि देखेका अन्य...

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura