काठमाडौं । लोकप्रिय भिडियो प्लेटफर्म TikTok ले आफ्नो Community Guidelines मा परिमार्जन गर्ने भएको छ ।कम्पनीले सेप्टेम्बर १३, २०२५ देखि लागू हुने गरी नियम परिमार्जन गर्न लागेको हो ।
उक्त परिमार्जनहरु विशेषगरी विशेष गरी लाइभ स्ट्रिमिङ, एआई-निर्मित कन्टेन्ट, व्यावसायिक प्रचार, तथा क्रिएटरको आचरणको नियमनमा केन्द्रीत रहने जनाइएको छ ।
लाइभ स्ट्रिमिङमा थप कडाइ
नयाँ गाइडलाइनअनुसार लाइभ स्ट्रिमिङ गर्न प्रयोगकर्ताको उमेर कम्तीमा पनि १८ वर्ष हुनै पर्ने बताइएको छ। यसअघि पनि उमेर सीमा तोकिएको भए पनि, अब थप कडाइका साथ लागू गरिने टिकटकले स्पष्ट पारेको छ। साथै, लाइभमा “अत्यधिक हिंसात्मक, यौनजन्य वा भ्रामक गतिविधि” देखाएमा तुरुन्तै रोक लगाइने टिकटकले दाबी गरेको छ । ।
एआई कन्टेन्टमा स्पष्टता
प्रयोगकर्ताले एआई-निर्मित भिडियो वा तस्वीर पोस्ट गर्दा त्यसलाई स्पष्ट रूपमा लेबल गर्नुपर्ने नयाँ नियममा उल्लेख गरिएको छ ।। यसो नगरेमा सामग्री हटाइने वा खाता कारबाहीमा पर्न सक्नेछ। टिकटकले यसलाई “दर्शकलाई भ्रममा नपार्ने पारदर्शिता” को उपायका रूपमा व्याख्या गरेको छ।
क्रिएटरको आचरण
क्रिएटर आचरणमा जिम्मेवारीका हकमा प्रयोगकर्ताले लाइभ वा भिडियोमा हानिकारक गतिविधि (जस्तै: आत्मघाती व्यवहारलाई प्रोत्साहन गर्ने वा हिंसात्मक चुनौति दिने) गरेमा कडाइका साथ कारबाही गरिने टिकटकको नियममा उल्लेख छ ।।
यधप्पी लाइभ सेसनमा हुने सबै गतिविधिको जिम्मेवारी भने क्रिएटरकै हुनेछ। यसमा तेस्रो पक्षका उपकरणहरू, जस्तै रियल–टाइम translation वा भ्वाइस–टु–टेक्स्ट टुलमार्फत दर्शकका कमेन्ट पढ्ने प्रणाली, प्रयोग भएको खण्डमा पनि जिम्मेवारी क्रिएटरको हुने बताइएको छ ।। TikTok ले क्रिएटरहरूलाई यस्ता उपकरणहरू नियमन गर्न सुझाब समेत दिएको छ।
व्यावसायिक सामग्रीमा स्पष्ट नियम
प्लेटफर्ममा गरिने व्यावसायिक प्रचार–प्रसार सम्बन्धी निर्देशन पनि स्पष्ट पारिने भएको छ । जसअनुसार व्यावसायिक सामग्री अनिवार्य रूपमा खुलासा गर्नुपर्ने छ। र TikTok Shop उपलब्ध भएको देशमा बाह्य खरिद लिंक वा पोस्टको visibility समेत घटाइने भएको छ ।