Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

ट्रम्पले किन शेयर गरे, ओबामालाई पक्राउ गरेको जस्तै देखिने एआइ भिडिओ ! (लिङ्क सहित )

टेकमाकुरा by टेकमाकुरा
जुलाई 21, 2025
0
फिनटेक इन्डस्ट्रीमा खेतान ग्रुपको इन्ट्री, फोनपे को २०% शेयर खरिद गर्ने पक्का
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बराक ओबामालाई पक्राउ गरिरहेको जस्तो देखिने एआइ भिडियो सार्वजनिक गरेका छन्। ट्रम्पले आज सामाजिक सञ्जाल ट्रुथ सोसलमा राखेको यो भिडियोमा ओबामा र डेमोक्रेटिक पार्टीका अन्य नेताहरूलाई अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबिआई) ले पक्राउ गरिरहेको देखाइएको छ।

त्यो एक मिनेट लामो भिडियोमा ओबामाले भनेका छन्, “कोही पनि विशेष गरेर राष्ट्रपति पनि कानुन भन्दा माथि छैनन्,,” र यसपछि जो बाइडेनसहितका अन्य डेमोक्रेटहरूले पनि “कसैलाई पनि कानूनमाथि रहन दिइँदैन” भनेको सुन्न सकिन्छ।

यो भिडियो यस्तो अवस्थामा सार्वजनिक भएको छ जब अमेरिकी राष्ट्रिय खुफिया एजेन्सीका निर्देशक तुलसी गबार्डले ओबामा र उनका उच्च प्रशासनिक अधिकारीहरूलाई सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पको विजयलाई कमजोर पार्न “देशद्रोही षडयन्त्र” गरेको आरोप लगाएकी छिन्। गबार्डले आफ्नो कार्यालयबाट अमेरिकाको न्याय विभागमा सम्बन्धित कागजातहरू बुझाएको र पूर्ण छानबिनको माग गरेकी छिन्।

सार्वजनिक भिडिओमा बिना कुनै सूचना या सचेतनामुक्त उक्त भिडियोमा ओबामालाई दुई एफबिआई एजेन्टहरूले हत्कडि लगाउँदै पक्राउ गरिरहेको देखाइएको छ भने ट्रम्प मुस्कुराउँदै छेउमै बसेको दृश्य पनि समावेश छ। भिडियोको अन्तिम भागमा ओबामा जेलको पोशाकमा जेलको कोठामा बसेको देखिन्छ।

यो भिडियो पहिलोपटक टिकटकमा सार्वजनिक भएको थियो र पछि ट्रम्पले आफ्नै ट्रुथ सोसल खातामा पुनः सेयर गरेका हुन्।

गबार्डले एक्स प्लेटफर्ममा प्रकाशित गरेको शृंखलामा भनेकी छिन्, ओबामाको वरिष्ठ राष्ट्रिय सुरक्षा टोलीले जानाजानी रूसी हस्तक्षेप सम्बन्धी खुफिया विवरणलाई राजनीतिकरण गरेको र ट्रम्पलाई बदनाम गर्ने प्रयास गरेको आरोप लगाइन्। उनले भनिन्, “यो सबै अमेरिकी जनताको चाहनालाई कमजोर पार्ने नियोजित प्रयास थियो।”

गबार्डले , यो षडयन्त्रमा संलग्न जो कोही जति नै शक्तिशाली भए पनि कानूनी रूपमा पूरै छानबिन र कारबाही माग समेत गरेकी छिन् ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Facebook
सोसल मिडिया

के फेसबुकले नेपाललाई साच्चिकै हेपेको हो त ?

सेप्टेम्बर 4, 2025
aashika tamang
सोसल मिडिया

आशिका तामाङको भिडियोले स्थानीय निकाय एक्सनमा : सफा हुन थाले जनकपूरका सडक 

सेप्टेम्बर 3, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura