Techma Kura
आइतवार, सेप्टेम्बर 7, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

ट्विटरका सहसंस्थापकले ल्याए इन्टरनेट बिना म्यासेज गर्न मिल्ने Bitchat ! के छन् विशेषता ?  

टेकमाकुरा by टेकमाकुरा
जुलाई 20, 2025
0
ट्विटरका सहसंस्थापकले ल्याए इन्टरनेट बिना म्यासेज गर्न मिल्ने Bitchat ! के छन् विशेषता ?  
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं ।  ट्विटरका सहसंस्थापक तथा चर्चित प्रविधिकर्मी ज्याक डोर्सीले नयाँ मेसेजिङ एप ‘BitChat’ सार्वजनिक गरेका छन् । यसले  इन्टरनेट बिना नै सन्देश आदान–प्रदान गर्न सक्छ। डोर्सीको BitChat लाई इन्टरनेट जडान आवश्यक नपर्ने भएकाले यसले  WhatsApp वा Telegram जस्ता लोकप्रिय एपहरूलाई चुनौति दिन सक्ने अनुमान समेत  गरिएको छ । 

BitChat के हो?

डोर्सीको नयाँ प्रयोग BitChat एक डिसेन्ट्रलाइज्ड (केन्द्रविहीन) मेसेजिङ प्लेटफर्म हो, जसले सन्देश पठाउन कुनै केन्द्रीय सर्भरको आवश्यकता पर्दैन। यसको सट्टामा, एपले ब्लुटुथ सक्षम मोबाइल वा अन्य उपकरणहरूमार्फत ‘पियर-टु-पियर’ नेटवर्क बनाउँछ, जसले गर्दा नजिकै भएका प्रयोगकर्ताबीच सिधै सन्देश पठाउन सकिन्छ।

BitChat ले ब्लुटुथका माध्यमबाट सुरक्षित (encrypted) सञ्चार स्थापना गर्ने हुँदा , यसले प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्ने दाबी गरिएको छ । हालको अवस्थामा, प्रयोगकर्ताले १०० मिटर वरिपरिका अन्य उपकरणमा यो एपमार्फत सन्देश पठाउन सक्ने जनाएको छ । कम्पनीका अनुसार आगामी दिनमा यो दायरा ३०० मिटरसम्म विस्तार हुने सम्भावना छ। 

इन्टरनेट बिना म्यासेजिङ: किन विशेष?

सामान्यतया सबै म्यासेजिङ एपहरूले इन्टरनेट वा मोबाइल डाटा आवश्यक पार्दछन्। तर BitChat मा प्रयोगकर्ताले इन्टरनेटको पहुँच नभएका स्थानहरूमा पनि सन्देश आदान–प्रदान गर्न सक्नेछन्। यो विशेषता आकस्मिक अवस्थाहरू, दूरदराजका स्थानहरू वा गोपनीयता प्राथमिकता दिने प्रयोगकर्ताहरूका लागि निकै उपयोगी बन्न सक्नेछ।

एप कसरी प्राप्त गर्ने?

BitChat हाल परीक्षण चरण (Beta) मा रहेको छ। आईफोन प्रयोगकर्ताका लागि यो TestFlight को माध्यमबाट उपलब्ध छ, यद्यपि उपलब्ध १० हजार स्थानहरू चाँडै भरिसकेको कम्पनीले जानकारी दिएको छ। एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि पनि परीक्षण संस्करण खुला गरिएको छ।

डोर्सीको यसभन्दा अघिल्लो सामाजिक सञ्जाल प्लेटफर्म ‘Bluesky’ ले पनि निकै चर्चा पाएको थियो। अब BitChat ले समेत व्यक्तिगत गोपनीयता र इन्टरनेट रहित सञ्चारको क्षेत्रमा नयाँ मानक तय गर्ने अपेक्षा गरिएको छ।

हाल यो एप ब्लुटुथ आधारित सञ्जालमा सीमित भए पनि आगामी दिनहरूमा वाइफाइ नेटवर्कमार्फत पनि सन्देश पठाउन मिल्ने विशेषता थपिने तयारी भइरहेको छ। तर मोबाइल नेटवर्क वा सिमकार्ड प्रयोगमार्फत सेवा विस्तार गर्ने कुनै योजना हाललाई रहेको छैन।

निजी म्यासेज, विज्ञापन मुक्त अनुभव

BitChat को अर्को विशेषता भनेको गोपनीयता हो। अन्य एपहरूले जस्तै प्रयोगकर्ताको कुराकानीमा आधारित विज्ञापन नदेखाइने कम्पनीले स्पष्ट पारेको छ। एपले संवादलाई साँचिकै निजी बनाउने दाबी गरेको छ।

डोर्सी पुनः प्रविधिको केन्द्रमा फर्कंदै इन्टरनेट रहित डिजिटल संवादको नयाँ युग सुरु गर्ने प्रयासमा छन्। BitChat को प्रभावकारिता र लोकप्रियता कत्तिको हुनेछ भन्ने त समयले बताउनेछ, तर यसले प्रविधिमा वैकल्पिक सोचको ढोका अवश्य खोलिदिएको छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Facebook
सोसल मिडिया

के फेसबुकले नेपाललाई साच्चिकै हेपेको हो त ?

सेप्टेम्बर 4, 2025
aashika tamang
सोसल मिडिया

आशिका तामाङको भिडियोले स्थानीय निकाय एक्सनमा : सफा हुन थाले जनकपूरका सडक 

सेप्टेम्बर 3, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura