काठमाडौं । अमेरिकी सरकारले नेपालको लागि लागू गरिएको MCC (Millennium Challenge Corporation) कार्यक्रमलाई अब अवरोधबिना निरन्तरता दिने निर्णय गरेको छ। यो निर्णयसँगै MCC सम्झौतालाई लिएर देखा परेको अन्योलता समेत हटेको छ ।
गत फेब्रुअरी २०२५ मा अमेरिकाले ९० दिनको लागि वैदेशिक सहायता स्थगित गरेको थियो, जसको प्रभाव नेपालमा सञ्चालित MCC परियोजनामा समेत देखिएको थियो । यधप्पी हालै अमेरिकी सरकारले उक्त निर्णयलाई समिक्षा गर्दै नेपालमा MCC लाई निरन्तरता दिने औपचारिक घोषणा गरेको हो । यस निर्णयपछि, काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाल सरकारलाई औपचारिक पत्र पठाउँदै MCC कार्यक्रम पूर्वनिर्धारित योजनाअनुसार अगाडि बढ्न सक्ने जानकारी गरएको नेपाल स्थिती अमेरिकी दुतावासले सामाजिक सामाजिक संजालमा एक पोस्ट सेयर गर्दै जानकारी गराएको छ ।