काठमाडौँ। अमेरिकी रास्ट्रपति कार्यालयले आफ्नो पहिलो आधिकारिक टिकटक अकाउन्ट खोलेको छ। अमेरिकामा टिकटक प्रतिबन्ध गर्ने कि बेच्ने भन्ने विषयमा चर्को बहस चलिरहेको बेलामा रास्ट्रपति कार्यालय White House ले यस्तो कदम चालेको हो।
यस अकाउन्टमा राष्ट्रपति डोनाल्ड ट्रम्प र White House को भिडियो पाउन सकिन्छ। पोस्ट गरिएका भिडियोमा, डोनाल्ड ट्रम्पले ‘I am your Voice’ भनेको एक प्रचार भिडियो, मौसमी दृश्यसहितको White House को भिडियो र ट्रम्पकै कमेडी भिडियो रहेका छन्। यस खातामा हाल सम्म ८८K फलोवर्स र १४२K लाइक्स रहेको देख्न सकिन्छ।
अन्तरास्ट्रिय मेडियाका अनुसार, अमेरिकी रास्ट्रपति कार्यालय White House की प्रेस सचिव करोलिन लिभिटले यस कदमलाई प्रशासनको सञ्चार रणनीतिको हिस्सा भएको बताइन्। उनले भनिन्, “राष्ट्रपति ट्रम्पले अमेरिकी जनताका लागि पुर्याएका ऐतिहासिक उपलब्धिहरू सबै प्लेटफर्म र दर्शकसम्म पुर्याउने हाम्रो लक्ष्य हो।”
यो प्लेटफर्ममा White House को पहिलो आधिकारिक खाता भएपनि, ट्रम्प र पूर्व राष्ट्रपति जो बाइडेन दुवैका व्यक्तिगत टिकटक अकाउन्ट २०२४ को चुनावी अभियानको दौरान सक्रिय रहेको पाउन सकिन्छ। ट्रम्पको व्यक्तिगत खातामा १५ मिलियनभन्दा बढी फलोअर्स देख्न सकिन्छ, तर उनको अन्तिम पोस्ट नोभेम्बर २०२४ चुनावको दिनमा गरिएको थियो।
यो खाता खोलिएको समय भने अचम्मको छ। देशमा टिकटक प्रतिबन्ध गर्ने हल्लाको बीच, अमेरिकी रास्ट्रपति कार्यालय White House ले नै आधिकारिक टिकटक अकाउन्ट खोलेको हो। गत वर्ष तत्कालीन राष्ट्रपति जो बाइडेनले टिकटकलाई अमेरिकी खरिदकर्तालाई बेच्नुपर्ने वा प्रतिबन्ध लगाउनुपर्ने भन्ने कानूनमा हस्ताक्षर गरेका थिए। चिनियाँ स्वामित्वका कारण राष्ट्रिय सुरक्षा जोखिममा रहेको कारण यस कानून ल्याइएको बताइएको थियो।
अन्तरास्ट्रिय संचार मध्यमका अनुसार, यो घटना २०२५ ज्यानुवरीमा ट्रम्प राष्ट्रपतिको पदमा नियुक्त हुनु भन्दा एक दिन अघि भएको थियो। त्यसपछि अमेरिकामा टिकटक छोटो समयका लागि बन्द भएको थियो, तर ट्रम्पको आदेशपछि फेरी उपलब्ध गराइएको थियो। त्यसयता उनले यो म्याद तीन पटक बढाएका छन्, पछिल्लो पटक यसलाई सेप्टेम्बर १७ सम्म सार्न लगाइएको थियो। केहि वर्ष यता, टिकटकप्रति ट्रम्पको धारणामा बदलाव आएको बुझ्न सकिन्छ। उनी २०२० मा पहिलोपटक यसलाई प्रतिबन्ध लगाउनुपर्ने कुरा उठाउने व्यक्ति थिए, तर २०२४ को चुनावी अभियानको दौरान उनले यो प्लेटफर्मलाई स्वागत गर्दै युवा मतदातासँग जोडिन सहयोग पुगेको क्रेडिट दिएका थिए। उनले आफ्नै Mar-a-Lago estate मा टिकटकका CEO Shou Zi Chew लाई होस्ट गरेका थिए र यस वर्षको प्रारम्भमा आफ्नो रास्ट्रपति पदको नियुक्तिमा पनि आमन्त्रण गरेका थिए।
१७० मिलियन अमेरिकी प्रयोगकर्ता र विश्वभर झन्डै २ बिलियन प्रयोगकर्ता सहित, टिकटक अहिले विश्वकै लोकप्रिय एपमध्ये एक बन्न सफल भएको छ।