काठमाडौं । सामाजिक संजालमा यति बेला गृह मन्त्री लक्षित मिमहरु व्यापक सेयर भइरेका छन । इन्टरनेट र सामाजिक संजालमा राम्रो दख्खल राख्ने तर राजनैतिक कुराहरुमा खास्सै मुखारक नहुने वर्तमान युवा पुस्ताले पनि ति मिम हरुलाई आफ्नो वाल वा स्टोरी मा ठाउँ दिएका छन् । सामान्यतय मिम भन्नाले हाँसो वा व्यङ्गयको उद्धेश्य सहित तयार पारिएका ग्राफिक्स्, टेस्क्ट वा साना भिडिओ क्लिपहरुलाई बुझ्न सकिन्छ । यधप्पी यसको संरचित परिभाषा नै खोज्ने हो भने “इन्टरनेट प्रयोगकर्ताहरुद्वारा इन्टरनेटमै धेरै छिटो फैलाइने हास्यास्पद र परिमार्जित तस्बिर, भिडियो, वा टेस्क्टलाई नै मिम भन्न सकिएला । ”
मिम शब्दको उत्पत्तीलाई केलाउँदै जाने हो भने , यो शब्द नामकरणको वास्तविक श्रेय जिव विज्ञ रिचार्ड डकिन्सलाई जान्छ । उनले सन् १९७६ मा प्रकाशन गरेको किताब ‘द सेल्फिस जिन ‘ मा पहिलो पटक मिम भन्ने शब्दको प्रयोग गरेका थिए । । उनले मिम’लाई सांस्कृतिक सम्प्रेषणको एक इकाईका रूपमा वर्णन गरेका छन्, उनका अनुसार नक्कलको माध्यमबाट एक व्यक्ति देखि आर्को व्यक्तिमा सर्ने विचार नै मिम हो । उदाहरण का लागि लय , विचार वा प्रचलित वाक्यांश । यसलाई विचारको जिन (वंशाणुगत विशेषता ) को रुपमा लिन सकिने डकिन्सको भनाई रहेको छ ।
यधप्पी हाल इन्टरनेट प्रयोगकर्ता माझ प्रचलित मिम भने, इन्टरनेटको प्रयोग सहज भएसँगै १९९०, को दशकबाट सुरु भएको हो भन्ने विश्वास गरिन्छ । सन्, १९९६ मा इमेल मार्फत भाइरल भएको “डान्सिङ बेबि” नामक 3D एनिमेसन नै आधुनिक मिमको सुरुवात रहेको भन्ने गरिन्छ । आम मानिसहरु माझ सामाजिक संजालको सहज पहुँच पुगेपछी सन् २००० को दशक पछि भने मिमले व्यापकता पाएको अनुमान गर्न सकिन्छ ।
हाँसो मजाकको एक माध्यमको रुपमा सुरु भएको मिम हालको समय सम्म आइपुग्दा भने
के मिमको उदेश्य हाँसो मजाक मै मात्र सिमित छ त ? भन्ने प्रश्न जायज छ भन्ने यो पङ्क्तिकारको बुझाइ रहेको छ । विशेषगरी भ्रष्टाचार , राजनैतिक कुसंस्कार , बेथिती जस्ता मुद्दा हरुमा बनेका मिम हरुको कुनै रेखांकित अर्थ (Underlined meaning ) छ वा छैन होला भन्ने बुझ्नु आजको ट्ड्कारो आवश्यकता हो भन्न सकिन्छ ।
उदाहरण स्वरुपनै हेरौँ न, केहि समय अगाडि सहकारी ठगी प्रकरणमा फरार रहेका अभियुक्त जिबी राई लक्षित एउटा मिम भाइरल भएको थियो, जसको पृष्ठभुमिमा तत्कालिन समयमा चर्चामा रहेको “राई माइलाले गाउँ छोड्यो रे ” बोलको गित राखिएको थियो । जिबी राईको फगत एउटा तस्विरमा फगत एउटा गित राखेर तयार पारिएको त्यो मिमलाई सेयर गरेर भाइरल बनाएका इन्टरनेट प्रयोगकर्ता केवल हाँसोको लागि सो मिम सेयर गरेका थिए वा उनीहरुले हाम्रो कमजोर सुरक्षा प्रणाली र सरोकारवाला निकायहरु माथि प्रश्न पनि उठाएका थिए होलान् ?
महानगरपालिकाले सडक व्यपारी माथी ज्यादती गर्दा मेयर बालेनकै स्वरमा रहेको गरीबको चमेली बोल्दिने कोही छैन भन्ने शब्दहरु गुन्जिनु भनेको मेयरको कार्यशैलीमा जवाफ दायिता खोज्नु हो कि होइन ? प्रम केपी ओलि को भाषण पृष्ठ्भुमी मा राखेर अगाडी कागजको पानी जहाज राखेको मिमले इन्टरनेट प्रयोगकर्तामामा छाउने हाँसो अटाहसको हाँसो हो कि होइन ?
कुरा ताजा मिमकै गरौँ ! त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा खटिएका कर्मचारीहरूले गृह मन्त्रालय र त्यसमा पनि गृह मन्त्री कै संरक्षणमा भिजिट भिसामा विदेश जाने युवाबाट दैनिक ५० औँ लाख असुल गर्ने दाबी गरिएको भिजिट भिसा प्रकरणलाई लिएर हाल सार्वजनिक भइरहेका यस्ता मिमहरुको वास्तविक तौल कति छ भन्ने हामीले आकँलन गर्न सकिरहेका छौँ वा छैनौ ?
अन्तर्राष्ट्रिय संचार माध्यम बिबिसिले प्रकाशित गरिएको एक लेखमा मिडिया विज्ञ पाओलो गेरबाउडोलाई उध्रद्त गर्दै लेखिएको छ । “मिमहरू राजनीतिक प्रतिवादको एक माध्यम बनेका छन्, जसमा व्यंग्य र विडम्बनाको प्रमुख भूमिका हुन्छ। मिमहरुले सत्तामा रहेका शक्तिशालीहरूको कमजोरी वा घमण्डलाई उजागर गर्छन्, प्राय: उनीहरूको अत्यधिक देखावटीपनको मजाक उडाएर।”
गेरबाउडोकै भनाईलाई नै मध्य नजर गर्दै भन्ने हो भने पनि वर्तमान समयमा मिम फगत एक हाँसो साधन मात्र नभएर जवाफदायिता र आक्रोशलाई उजागर गर्ने माध्यम पनि हो । देशमा अवसर नपाएर विदेश हानिन बाध्य भएका निमुखा जनताहरुबाट जुकाले रगत चुसे जस्तै गरी पैसा लुट्न पल्केका कर्मचारी , विचौलिया , व्यपारी र तिनिहरुलाई संरक्षण गर्नमा गृह मन्त्री कै भूमिका रहेको दाबी जब सार्वजनिक हुन्छन्, तब युवाहरुले आफ्ना फेसबुक , इन्स्टाग्राम , टिक – टक वा अन्य कुनै माध्यममा मिम सेयर गर्दा आफ्नो भर्चुअल समाजमा रहेका साथिहरुलाई हसाउँछु भन्ने उद्देश्य कम र देशको उदेक लाग्दो अवस्था प्रति दुख र अभिभावकिय भूमिकामा रहेकाहरु माथि नैतिक प्रश्न र आक्रोश बढि पोखिरहेका हुन्छन्, । व्यक्तिगत देखि व्यवसायिक जीवन सम्मका अनेकन पाटाहरुमा प्रविधी र सामाजिक संजालसँग घनिष्ठ समबन्ध बनाइरहेको वर्तमान युवा पुस्ताले गर्ने एक सिर्जनात्मक विरोधको शैली पनि हो मिम ।
र यो विरोधशैली परिवर्तनको संवाहक समेत बन्न सक्छ भन्ने उदाहरण वर्तमान विश्वका विभिन्न घटनाहरुले समेत पुष्टी गरेको छ । सन् २०१० मा ट्युनिसियाबाट सुरु भई सन्, २०१२ सम्म आइपुग्दा मध्यपूर्व र उत्तर अफ्रिकाका थुप्रै देशहरूमा भएको जनआन्दोलनहरूको श्रृंखला अरब स्पृङ मा तानाशाहहरूको विरोध गर्ने मिमहरू एक शक्तिशाली उपकरणको रुपमा देखा परेका थिए । यति मात्र नभएर सन्, २०१९ -२०२० मा भएको हङकङ प्रोटेस्टमा प्रयोग भएको सि जिन पिङ लक्षित Winnie the Pooh” मिमलाई पनि यसको उदाहरणको रुपमा लिन सकिन्छ । यसो भनिरहँदा बेला मौका मिमको नाममा कहिले काँही असोभनिय टिप्पणी र अनावश्यक विवाद सुरु भएका घटनाहरु पनि पछिल्लो समय सार्वजनिक भएको देख्न सकिन्छ । यसमा भने विशेश गरी युवा वर्ग थप संवेदनशिल हुन पर्ने आवश्यकता भने देखिन्छ ।