Writy.
सोमवार, अगस्ट 4, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    को हुन् मीरा मुराती? र किन अस्वीकार गरिन् उनले मेटाको १ अर्ब डलरको प्रस्ताव?

    Aanchal Nepal by Aanchal Nepal
    अगस्ट 4, 2025
    in फिचर्ड
    0
    को हुन् मीरा मुराती? र किन अस्वीकार गरिन् उनले मेटाको १ अर्ब डलरको प्रस्ताव?
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौं। अल्बानियाली-अमेरिकी प्रविधि विशेषज्ञ मीरा मुराती हाल टेक संसारमा चर्चित नाम बनेकी छिन्। उनले मेटा कम्पनीका सीईओ मार्क जुकरबर्गले दिएको एक अर्ब डलरको ठूलो प्रस्ताव अस्वीकार गरेकी छन्। उक्त प्रस्ताव मेटाको नयाँ सुपरइंटेलिजेन्स ल्याबमा सहभागी हुनका लागि थियो, तर मीरा र उनको टिमले आफ्नै भिजनलाई प्राथमिकता दिदैँ प्रस्ताव अस्वीकार गरेका छन्।

    मीरा पहिले OpenAI की प्रमुख प्राविधिक अधिकृत (CTO) रहिसकेकी छन्। उनी हाल आफ्नो नयाँ एआई स्टार्टअप Thinking Machines Lab को नेतृत्व गर्दैछिन्। यो स्टार्टअपले दुई अर्ब डलर भन्दा बढीको लगानी जुटाइसकेको छ भने यसको मूल्यांकन १२ अर्ब डलर भन्दा माथि पुगेको छ।
    मीरा १९८८ मा अल्बानियाको व्लोरेमा जन्मेकी हुन्। १६ वर्षको उमेरमा क्यानडाको पियर्सन कलेजबाट छात्रवृत्ति पाएकी उनले डार्टमाउथ कलेजबाट मेकानिकल इन्जिनियरिङमा डिग्री लिएकी छिन्। उनले गोल्डम्यान साक्स, टेस्ला र लीप मोसनजस्ता कम्पनीहरूमा काम गरेकी छन्। सन् २०१८ मा उनले ओपनएआईसँग जोडिइन् र यहाँ उनले ChatGPT, DALL·E र Codex जस्ता महत्वपूर्ण परियोजनाहरूको नेतृत्व गरिन्। २०२३ मा ओपनएआईमा बोर्डको संकटका बेला केही समयका लागि उनले अन्तरिम CEO को भूमिका पनि निर्वाह गरिन्।

    त्यसपछि २०२५ फेब्रुअरीमा उनले Thinking Machines Lab स्थापना गरिन् जसको उद्देश्य पारदर्शी, नैतिक र मानव-केंद्रित एआई प्रणाली विकास गर्नु हो। रिपोर्ट अनुसार, मेटाले उनको टिमको ५० कर्मचारीलाई २ करोड देखि १ अर्ब डलरसम्मका प्रस्तावहरू दिएको थियो, तर ती प्रस्ताव कुनै पनि सदस्यले स्वीकारेनन्।

    मीरा र उनको टिमको यो निर्णयले प्रविधि क्षेत्रमा पैसाभन्दा ठूलो मान्यता र भिजनको महत्त्वलाई पुनः पुष्टि गरेको छ। उनको टिममा ओपनएआई, मेटा र मिस्ट्रलजस्ता प्रतिष्ठित कम्पनीहरूका अग्रणी अनुसन्धानकर्ताहरू छन्, जो जलवायु परिवर्तन र स्वास्थ्यजस्ता विश्वव्यापी समस्याको समाधानका लागि एआई प्रविधि विकासमा समर्पित छन्। मीरा मुरातीलाई सन् २०२४ मा टाइम म्यागजिनका १०० सबैभन्दा प्रभावशाली व्यक्तिहरूको सूचीमा राखिएको थियो भने सन् २०२३ मा उनी फोर्च्युन म्यागजिनको १०० सबैभन्दा शक्तिशाली महिलाहरूको सूचीमा पनि परेकी थिइन्।

    Related Stories

    No Content Available

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    fashion2

    ए बाबा! AI ले त मम्मीको Recipe लाई MasterChef-style बनाइदियो!

    5 महिना ago
    गणितको ओलम्पियाड जितेको गुगल र ओपन एआईको दाबी

    गणितको ओलम्पियाड जितेको गुगल र ओपन एआईको दाबी

    2 हप्ता ago

    विश्व प्रसिद्ध म्यागजिन “Vogue” मा पहिलोपटक एआई-निर्मित मोडलको प्रस्तुति

    by Aanchal Nepal
    अगस्ट 4, 2025
    0
    ai model

    विश्वप्रसिद्ध म्यागजिन “Vogue” ले आफ्नो अगस्ट महिनाको संस्करणमा पहिलोपटक एआईद्वारा सिर्जना गरिएको मोडल प्रस्तुत गरेको छ। उक्त मोडल केवल आकर्षक...

    Read moreDetails

    के C/2025 N1 (3I/ATLAS) एलियन यान हो? वैज्ञानिकहरूका अनुसार प्राकृतिक हुने सम्भावना मात्र ०.००५%

    by Tech MaKura
    अगस्ट 4, 2025
    0

    3I/ATLAS. Image: International Gemini Observatory/NOIRLab/NSF/AURA/K. Meech (IfA/U. Hawaii). काठमाडौं। सन् २०२५ जुलाई १ मा चिलीस्थित ATLAS वेधशालाले पत्ता लगाएको C/2025...

    Read moreDetails

    सिमकार्ड र WiFi बिना नै इन्टरनेट चल्ने फोन सार्वजनिक । के-कस्ता छन् यसको विशेषता?

    by Aanchal Nepal
    अगस्ट 4, 2025
    0
    Phone that works without SIM or WiFi - Mind One Pro features and design

    स्मार्टफोनबिनै एआई सुविधा प्रयोग गर्न सकिने, सिम कार्ड नचाहिने, र विश्वभर स्वतः इन्टरनेट जडान हुने विशेषता यो फोनमा रहेको छ।...

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura