Writy.
आइतवार, अगस्ट 10, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
ne नेपाली

निःशुल्क Cloud सेवा किन पर्याप्त छैन?

आँचल नेपाल by आँचल नेपाल
अगस्ट 6, 2025
0
Cloud Storage not enough
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । Google, Apple, Microsoft लगायतका ठूला प्रविधि कम्पनीहरूले प्रयोगकर्तालाई सुरुवातमा निःशुल्क Cloud Storage सेवा दिने गर्छन्। तर त्यो ‘फ्री’ सेवा वास्तवमा कति पर्याप्त छ? र के आजको डिजिटल युगमा त्यो भरपर्दो विकल्प हो?

Cloud Storage भन्नाले तपाईंको मोबाइल, ल्यापटप वा अन्य डिभाइसमा रहेको डाटा इन्टरनेटमार्फत सुरक्षित रुपमा सर्भरमा राख्ने प्रणालीलाई जनाइन्छ। यस्ता सेवाले फाइल ब्याकअप, फोटो सुरक्षा, र डिभाइसबीच सजिलो समन्वय सम्भव बनाउँछन्।

निःशुल्क सेवाको सीमितता

Google ले आफ्नो Google Drive अन्तर्गत १५ जीबी निःशुल्क स्टोरेज दिन्छ, जसमा Gmail, Google Photos र अन्य फाइलहरू सबै पर्छन्। Apple ले iCloud मा ५ जीबी मात्र फ्री स्टोरेज उपलब्ध गराउँछ, जुन नयाँ आइफोन प्रयोगकर्ताको लागि झनै अपुग हुन्छ। Microsoft को OneDrive मा ५ जीबी फ्री स्टोरेज दिइन्छ।

आजका स्मार्टफोनहरूले उच्च गुणस्तरका फोटो र भिडिओहरू उत्पादन गर्छन्, जसले थोरै दिनमै यो storage भरिन्छ। साथै, अटोमेटिक ब्याकअप फिचरको प्रयोगले प्रयोगकर्तालाई थाहा नपाईकन नै स्टोरेज भरिन्छ, र ‘Storage Full’ जस्ता सूचना आउन थाल्छन्।

डाटा बढ्दो, तर सुविधा स्थिर

नेपाली प्रयोगकर्ताबीच पनि मोबाइलबाट फोटो र कागजात सुरक्षित राख्न क्लाउडमा निर्भरता बढ्दै गएको छ। तर फ्री स्टोरेजको सीमा स्थिर छ, जबकि डाटा उत्पादन दर दिनप्रतिदिन उकालो लागिरहेको छ। धेरैजसो प्रयोगकर्ता त्यही सीमित सेवाबाट गुजारा गर्न बाध्य छन्, वा मासिक शुल्कमा ‘upgrade’ गर्नुपर्छ।

नेपालमा डिजिटल भुक्तानी प्रणालीको विस्तार भइसके पनि, मासिक वा वार्षिक क्लाउड शुल्क नियमित रूपमा बुझाउने अभ्यास भने व्यापक छैन। धेरैले क्लाउड रोकिएपछि डाटा मेटिने वा पहुँच बन्द हुने खतरा उठाउँछन्, तर न फाइलहरूको वैकल्पिक ब्याकअप हुन्छ, न नियमित भुक्तानीको तयारी।

दीर्घकालीन समाधान के हो?

निःशुल्क क्लाउड सेवा प्राथमिक स्तरको सुरक्षा दिन उपयुक्त भए पनि, दीर्घकालीन समाधान भने होइन। प्रयोगकर्ताले आफ्ना फोटो, कागजात, तथा अन्य महत्वपूर्ण डाटा सुरक्षित राख्न सशुल्क योजना रोज्नु उपयुक्त हुन्छ। वैकल्पिक रूपमा, NAS (Network Attached Storage) वा एक्स्टर्नल हार्ड ड्राइभजस्ता स्थानीय उपायहरू अपनाउन सकिन्छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Turkey taylay aero flight
इन्टरनेट

Turkey को SOLID Aero कम्पनीले विकास गरेको नयाँ ‘TALAY’ ड्रोन सार्वजनिक

अगस्ट 8, 2025
azgar ali
इन्टरनेट

असगर अलीको निःशुल्क IT करियर सेसन: प्राविधिक क्षेत्रमा प्रवेश गर्ने युवाका लागि सुनौलो अवसर

अगस्ट 8, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

earbuds
ग्याजेट्स

किन्ने हैन त रकको रु. ३,५९९ पर्ने Earbuds रु. ८८८ मै

अगस्ट 8, 2025
Youtube audio download
टिप्स एण्ड ट्रिक्स

युट्युब भिडियोको अडियो डाउनलोड गर्न सकिने ३ सजिलो वेब एप्स

अगस्ट 8, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

Navigate Site

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura