Writy.
शनिवार, अगस्ट 16, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
ne नेपाली

फुट्यो एलन मस्कको एआइ कम्पनी, संहस्थापकले बताए यस्तो कारण

टेकमाकुरा by टेकमाकुरा
अगस्ट 15, 2025
0
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit
futyo elon

काठमाडौं। एलन मस्कको AI कम्पनी xAI मा गम्भीर आन्तरिक असहमति चुलिँदै गएको देखिएको छ। कम्पनीका सह-संस्थापक इगोर बाबुस्चकिनले गत बुधबार आफ्नो पदबाट राजिनामा दिएका छन्।

उनले सामाजिक सञ्जाल X मा लेख्दै आफू कम्पनीबाट बिदा भएको बताएका छन्। सो पोस्टमार्फत उनले मस्कलगायतका आफ्ना सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन गरेका छन्।  बाबुस्चकिनले xAI छाडेर आफ्नै भेञ्चर क्यापिटल कम्पनी “Babuschkin Ventures” स्थापना गर्ने घोषणा गरेका छन्। उनका अनुसार, उक्त कम्पनीले एआई सुरक्षा सम्बन्धी अनुसन्धानलाई प्रवर्द्धन तथा सहयोग गर्ने लक्ष्य राख्ने छ। साथै मानव सभ्यताको प्रगतिमा टेवा पुर्‍याउने र ब्रह्माण्डका रहस्यहरू पत्ता लगाउने उद्देश्यले सञ्चालित स्टार्टअपहरूमा लगानी गर्नेछ।

बाबुस्चकिनको राजीनामा xAI मा हालै भइरहेको अनुचित घटनाहरू लगतै भएको हो। हालै, Grok ले विवादस्पद प्रश्नहरूको उत्तर दिने क्रममा मस्कका व्यक्तिगत विचार उद्धृत गरेको पाइएको थियो। अर्को केही अगाडिको घटनामा, xAI को च्याटबोटले यहुदी विरोधी अभिव्यक्तिहरु दिएको पाइएको थियो। केही दिन अघि मात्र, xAI को Grok मा विश्व चर्चित गायिका टेलर स्विफ्टको डीपफेक नग्न तस्वीर समेत बनाइएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, मस्कको नेतृत्वमा चलेको xAI भित्र हालै निर्णय प्रक्रियामा स्पष्ट दिशानिर्देशनको अभाव र आन्तरिक तालमेलको कमजोरी देखिएको छ। इन्जिनियर र प्रबन्धकबीचको असहमति, तथा उत्पादनको सामग्री नियमनसम्बन्धी स्पष्ट नीतिको कमीले कम्पनीको दीर्घकालीन विश्वसनीयतामा प्रश्न उठाएको विश्लेषकहरूले बताएका छन्।

बाबुस्चकिनसँगै xAI का अन्य प्रतिष्ठित पदका कर्मचारीले पनि कम्पनी छोडेका छन्। एक वर्षअघि मात्र स्थापना भएको xAI भित्र यस्तो उच्चस्तरीय प्रस्थानले संस्थाको स्टेबिलिटी प्रति प्रश्न खडा गरिदिएको छ। इगोर बाबुस्चकिन र उनका सहयोगीहरू xAI बाट बाहिरिनुले यो कम्पनी भित्रको गहिरो असहमति र रणनीतिक विभाजनलाई देखाउने जानकारवालाहरुले बताएका छन्। 

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Instagram may block
एआइ

एआइको गलत निर्णयले  तपाईको Instagram एकाउण्ट डिलिट हुन सक्छ ! 

अगस्ट 13, 2025
एप्पल माथि एलन मस्कले लगाए यस्तो गम्भिर आरोप  ! 
एआइ

एप्पल माथि एलन मस्कले लगाए यस्तो गम्भिर आरोप  ! 

अगस्ट 13, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!
इन्टरनेट

सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!

अगस्ट 15, 2025
सोसल मिडिया

इन्स्टाग्राममा आउँदैछ “PICKS” नामक नयाँ फिचर, के गर्छ काम ?

अगस्ट 15, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

Navigate Site

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura